मालारानी गाउँपालिकामा एमालेको अधिवेशन सम्पन्न, अध्यक्षमा आचार्य चयन(विवरण सहित)
हरि कुँवर, अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी एमाले मालारानी गाउँपालिकाको प्रथम अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले शालिकराम आचार्य लाई अध्यक्षमा चयन गरेको हो ।
अधिबेशनबाट सर्वसम्मत निर्वाचित गाउँ कमिटी अध्यक्ष शालिकराम आचार्य, उपाध्यक्ष विष्णु प्रसाद मिश्र सचिव नारायण प्रसाद अर्याल उपसचिव दिपा पोख्रेल उपसचिव बिष्णु प्रसाद पौडेल चयन भएका छन् ।
यस्तै मालारानी गाउँपालिका वडा नम्बर १ अन्तर्गत खुल्ला तर्फ दुई जना चन्दकान्त आचार्य ,बालकृष्ण आचार्य महिला एकजना सावित्रा बिक दलित एक जना भुवन बिक गरि पाँच जना लाई चयन गरिएको छ ।
मालारानी गाउँपालिका वडा नम्बर २ अन्तर्गत खुल्ला तर्फ तीन जना विनोद भुसाल , प्रेम बहादुर पछाइ , बाबुराम आचार्य महिला दुई जना बिन्दु आचार्य, इन्दिरा आचार्य गरि पाँच जना लाई चयन गरिएको छ ।
मालारानी गाउँपालिका वडा नम्बर ३ अन्तर्गत खुल्ला तर्फ सात जना खिमानन्द खनाल , यमलाल खनाल
प्रदीप खनाल,कृष्ण प्रसाद खनाल,कुल प्रसाद खनाल, टिकाराम खनाल, देविराम पोख्रेल महिला तीन जना बिमला चौहान, बिष्णु खनाल, राधिका खनाल गरि दस जना लाई चयन गरिएको छ ।
मालारानी गाउँपालिका वडा नम्बर ४ अन्तर्गत खुल्ला तर्फ पाँच जना ऋषि राम पोख्रेल , रविलाल पोख्रेल , रामजी प्रसाद शर्मा , गिरिधर खनाल , टुल्कादेवी आचार्य महिला दुई सरस्वती खनाल, सुमित्रा सुनार दलिततर्फ दुई दुर्गा बहादुर सुनार , कमला बि।क गरि नौ जना लाई चयन गरिएको छ ।
मालारानी गाउँपालिका वडा नम्बर ५ अन्तर्गत खुल्लातर्फ सात जना गणेश खनाल, मोतीराम भट्टराई ,कमल ब. खड्का , केशवराज खनाल, तारा ब. चौहान, हुम ब. महत, लक्ष्मण भुसाल, ऋषिराम पन्थी , कृष्ण ब। क्षेत्री ,सागर खड्का महिला तीन जना गीता भुसाल बाकी पछि थप्ने गरी दलित एक जना सीता बिक गरि एघार जना लाई चयन गरिएको छ ।
मालारानी गाउँपालिका वडा नम्बर ६ अन्तर्गत खुल्लातर्फ तीन जना दुर्गा बहादुर राउत , लोकनाथ अधिकारी, चिना राउत महिला एक जना करुणा बि।क जनजाति एक टीका ठकुरी घ।म दलित एक निम ब। सुनार गरि छ जना लाई चयन गरिएको छ ।
मालारानी गाउँपालिका वडा नम्बर ७ अन्तर्गत खुल्लातर्फ तीन जना इन्द्रबहादुर खड्का, नेत्र प्रसाद मिश्र, लोम बहादुर बस्नेत महिला दुई सरस्वती मरासिनी, बेलकुमारी खनाल गरि पाँच जना लाई चयन गरिएको छ ।
मालारानी गाउँपालिका वडा नम्बर ८ अन्तर्गत खुल्लातर्फ दुई जना बालकृष्ण अधिकारी, हुमलाल पाण्डे महिला तर्फ एक सुमित्रा परियार जनजाति एक केश बहादुर पुन दलित एक गंगा बहादुर बि।क गरि पाँच जना लाई चयन गरेको छ ।
मालारानी गाउँपालिका वडा नम्बर ९ अन्तर्गत खुल्लातर्फ तीन जना योगेन्द्र खनाल, कृष्ण प्रसाद पौडेल, एक जना पछि थप्ने गरी महिला दुई जुना घिमिरे, हरिदेवी पौडेल जनजातीतर्फ वीर बहादुर थापा गरी छ जना लाई चयन गरेको कार्यालय सचीव लिल ब. बिकले जानकारी दिनु भयो ।