निर्वाचन आयोगले दियो नेकपा एकीकृत समाजवादीको चुनाव चिन्ह र झण्डालाई मान्यता

२०७८ कार्तिक १० गते, बुधबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले कलम चुनाव चिन्ह पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो ।

नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले पत्रमार्फत पार्टीलाई जानकारी गराएको छ ।

आयोगले एकीकृत समाजवादीलाई रातो पृष्ठभूमिमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको चिन्हलाई पार्टी झण्डाका रूपमा मान्यता दिएको छ ।

278 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal