अदालतमा देखिएको समस्या अदालतले नै समाधान गर्छ: प्रधानमन्त्री देउवा

२०७८ कार्तिक १० गते, बुधबार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतमा देखिएको समस्या अदालतले नै समाधान गर्नु पर्ने बताएका छन् ।

नेपाल तरुण दलले आज बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको तर्क समेत गरे ।

‘परमादेश ल्याउने सबैलाई हटाउनु पर्दछ भन्ने गैर जिम्मेवार कुरा गर्नु उचित हुँदैन जस्तो लाग्दछ मलाई । अरु कुरा धेरै केही भन्नु छैन तपाईहरुलाई ।’ उनले भने, ‘हाम्रो गठबन्धन ५ पार्टीको जो छ, जे उठेका सवालहरु छन्न्या(यालय सम्बन्धमा ।

सरसल्लाह, छलफल गर्नेछौं । यसमा धेरै कुरा छैन । मैले तपाईहरुलाई भनेको भन्यै छु । हमाल हाम्रो पार्टीको मान्छे हो । अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो ।’

78 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal