सर्वोच्च अदालतमा ‘फुल कोर्ट’को बैठक सुरु
२०७८ कार्तिक १० गते, बुधबार
![](https://samriddi.com/wp-content/uploads/2021/02/high-court.jpg)
काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण इजलास ‘फुल कोर्ट’को बैठक सुरु भएको छ ।
पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनमा शोक प्रस्ताव पारित गर्न बैठक बस्न लागेको हो । सर्वोच्चका पूर्व न्यायाधीश पण्डितको बुधबार बिहान निधन भएको थियो ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीशको बैठक बसेको थियो । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिनुपर्ने अडान कायमै राखेका छन् । फुल कोर्ट बैठक बहिस्कार गर्ने घोषणा गरेका न्यायाधीशहरूले शोक प्रस्ताव पारित बसेको बैठकमा भने सहभागी भएका छन् ।
114 Views