बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा

२०७८ कार्तिक १० गते, बुधबार

काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् ।

उनले बुधबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् ।

शाक्यले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको पनि बताइन् । आजको बैठकमा उनले विश्वासको मत लिने तयारी थियो । तर, स्वतः अल्पमतमा परेकी शाक्यले पदबाट राजीनामा दिएकी हुन् । शाक्य भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन् ।

87 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal