काठमाडौँबाट पटाकासहित एक जना पक्राउ
२०७८ कार्तिक १० गते, बुधबार
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, नयाँबस्तीस्थित किराना पसलका सञ्चालकलाई पटाकासहित प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सर्लाहीको चक्रघट्ट गाउँपालिका–५ घर भएका ४० वर्षीय मनोजकुमार चौधरीलाई रकेट, झिरझिरेलगायत दुई लाख ५० हजार रुपैयाँ मूल्य बराबरका पटाकासहित पक्राउ गरेको हो ।
पसल खानतलासी गर्दा उक्त पटाका बरामद गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।
82 Views