सुन्तला जात फलफूल सम्बन्धी स्थलगत तालिम पाणिनी १ मा सम्पन्न

२०७८ कार्तिक १० गते, बुधबार

माधब पौडेल, पाणिनी । सुन्तलाजात फलफूल सम्बन्धी घुम्ती स्थलगत एक दिने तालिम आज सम्पन्न भएको छ ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई अर्घाखाँची को आयोजन मा चलेको तालिम मा विभिन्न समूह, निजी फार्म का गरी २५ सुन्तला कृषक हरु उपस्थिति रहेको थियो ।कार्यक्रम मा सुन्तला जात मा लाग्ने रोग ,उत्पादन मा वृद्धि लगायत का विषय वस्तु समेटिएको थियो ।

No description available.


सुन्तला मा लाग्ने रोग र यसका समाधान का उपाए बारे प्रोजेक्टर को माध्यम बाट किसान लाई सिकाइएको थियो । अर्घाखाँची जिल्ला कै सुन्तला पकेट क्षेत्र। भनेर चिनिने पाणिनी को सिम्ले एक गाउँमा मात्रै वार्षिक २ करोड माथि को सुन्तला निर्यात हुने गर्दछ ।

सुन्तला खेती लाई यहाको मुख्य खेती पनि हो । सुन्तला खेती को विस्तार तिब्र गति मा अगाडि बढेको हुँदा अब को पाँच सात वर्ष पछि यदि गाउँ बाट मात्रै करिब पाँच करोड भन्दा माथि को सुन्तला निर्यात हुने अनुमान गरिएको छ ।

69 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal