एमाले महाराजगन्ज नगर अधिवेशनको सम्पूर्ण तयारी पूरा

२०७८ कार्तिक ८ गते, सोमबार

कपिलवस्तु । कपिलवस्तुको महाराजगन्जमा भोली (कात्तिक ९) गते हुने नेकपा एमालेको नगर अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । महाराजगन्जका एघार वटै वडा भित्रबाट नगर अधिवेशनको लागि ५० जना प्रतिनिधीले भाग लिने एमाले महाराजगन्जले जनाएको छ ।

नगर अधिवेशनमा प्रमुख अतिथिको रुपमा ने क पा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य इन्द्रमणि पौडेल तथा जिल्ला तहका एमाले नेताको सहभागिता रहने नेकपा एमाले महाराजगन्ज नगर कमिटीका अध्यक्ष निजामुद्दीन डफालीले बताउनुभयो ।

यस अघि गत ६ गते नै महाराजगन्जका एघार वटै वडामा सर्वसम्वत नेकपा वडा कमिटीको वडा अधिवेशन सम्पन्न भएको छ ।यो अधिबेशनमा महाराजगन्ज नगर बाट २ सय ५० संगठित सदस्यले भाग लिने बताईएको छ ।

245 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal