यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका पाँच निर्णय (सूचीसहित)

२०७८ कार्तिक ८ गते, सोमबार

काठमाडौँ । आज बसेको मन्त्रीपरिषद्को बैठकले पाँच वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच वटा निर्णयहरु गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

पाँच निर्णयहरु :

१. बेमौसमी वर्षाका कारण बाढी र ढुबानका कारण धान बालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ । धान बालीमा भएको क्षतिको अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न गृहमन्त्रालयका सचिवको नेतृत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा कृषि मन्त्रालयका सचिव, अर्थमन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सचिव , संघीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेका छन् ।

२. नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । निगमका अध्यक्ष सुशिल घिमिरेको राजीनामा स्वीकृत गर्दै अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने,

३. नेपाल पुनर्विमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा डा. रवीन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गर्ने,

४. नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेटमा १५ प्रतिशत वृद्धि गरी उपलब्ध गराउने,

५. बैठकले कोरोना प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

124 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal