प्रधानन्यायाधीस राजीनामा नदिए आन्दोलन गर्ने डा. केसीको घोषणा
२०७८ कार्तिक ८ गते, सोमबार
काठमाडौं । स्वास्थ्य क्षेत्रका अभियन्ता डा। गोविन्द केसीले प्रधानन्याधीस चोलेन्द्रशम्शेर राणाको राजीनामा माग्दै उनलाई अवज्ञा गर्न आह्वान गरेका छन् । राजीनामा नदिए पदमुक्तीका लागि अहिंसात्मक आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनको चेतावनी छ ।
आज एक विज्ञप्ति जारी गर्दै डा। केसीले सो चेतावनी दिएका हुन् । राणाले न्यायिक विचलन, भागवण्डा, सौदावाजी र भ्रष्टाारजन्य कार्यमा संलग्न भएर न्यायिक नैतिकताबाट च्युत भएको आरोप पनि उनले लगाएका छन् ।
‘न्यायालयको स्वतनत्रता र स्वच्छताको रक्षाको लागि तत्काल उहाँको राजीनामाको माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँको पदीय हैसियतको अवज्ञा गर्न सरोकारवाला सबैमा अपिल गछौँ ।’
107 Views