वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त

२०७८ कार्तिक ८ गते, सोमबार

काठमाडौं । सरकारले नेपाल वायूसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषदको वैठकले सो निर्णय गरेको हो ।

निगममा यसअघि अध्यक्ष सुशील घिमिरे अध्यक्ष थिए । उनले राजीनामा दिएपछि सो अध्यक्ष पद खाली थियो । अहिले अधिकारीलाई कार्यकारी अधिकारसहितको अध्यक्ष बनाइएको हो । अधिकारी यसअघि निगमबाटै केही वर्षअघि निर्देशक पदबाट अवकाश पाएका थिए ।

निगममा हाल कार्यकारी अधिकार प्रवन्ध निर्देशक डिमप्रसाद पौडेलसँग छ । उनलाई कमजोर बनाउने गरी सरकारले अधिकारीलाई ल्याएको हो ।

85 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal