धानबालीमा भएको क्षति अध्ययन गर्न गृह सचिवको संयोजकत्वमा कार्यदल गठन

२०७८ कार्तिक ८ गते, सोमबार

काठमाडौं । सरकारले धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बेमौसमी वर्षासँगै आएको बाढी र डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गरी प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।

कार्यदलमा कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहने मन्त्री कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यदललाई तीन दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ ।

90 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal