नेप्से परिसूचक उच्च अंकले बढ्यो

२०७८ कार्तिक ८ गते, सोमबार

काठमाडौँ । आज शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेको छ ।

साताको पहिलो दिन आइतबार दोहोरो अंकले बढेको नेप्से परिसूचक सोमबार ८७ दशमलव ६३ अंकले बढेर २ हजार ६ सय ७२ दशमलव २५ अंकमा पुगेको छ ।

‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ६१ अंकले बढेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार भएको छ । दिनभर ५३ हजार ७९२ कारोबारबाट २२९ कम्पनीका ८३ लाख ९५ हजार ८ सय ६४ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३०क रोड ८८ लाख ९५ हजार ५७५ रुपैयाँ पुगेको छ । कारोबार रकम दशैं बिदा पछिकै सर्वाधिक हो ।

168 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal