एमाले शिवराजको नगर अधिवेशनको तयारी पूरा

२०७८ कार्तिक ८ गते, सोमबार

कपिलवस्तु । कपिलवस्तुको शिवराजमा भोली (कात्तिक ९) गते हुने नेकपा एमालेको नगर अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । शिवराजका एघार वटै वडा भित्रबाट नगर अधिवेशनको लागि २ सय ११ जना प्रतिनिधीले भाग लिने एमाले शिवराजले जनाएको छ ।

शिवाजको नगर अधिवेशन सम्पन्न गर्नका निम्ति एमाले कपिलवस्तुले नेत्रराज अधिकारी लाई अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी प्रदान गेको एमाले कपिलवस्तुले जनाएको छ ।

नगर अधिवेशनमा प्रमुख अतिथिको रुपमा ने क पा एमालेका केन्द्रिय सदस्य एवम लुम्बिनी प्रदेश सह-इन्चार्ज गिरधारी लाल न्यौपाने, तथा जिल्ला तहका एमाले नेताको सहभागिता रहने नेकपा एमाले शिवराज नगर कमितीका अध्यक्ष जगत पौडेलले बताउनुभयो ।

यस अघि गत ६ गते नै शिवराजका एघार वटै वडामा सर्वसम्वत ने क पा वडा कमिटीको वडा अधिवेशन सम्पन्न भएको छ ।यो अधिबेशनमा शिवराज नगर बाट १३ सय ८८ संगठित सदस्यले भाग लिने बताईएको छ ।

199 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal