२६ प्रतिशत जनसंख्यामा पुग्यो बीमाको पहुँच

२०७८ कार्तिक ८ गते, सोमबार

चालू आर्थिक वर्ष २०७८/७९ को असोज महिनासम्ममा २६.३६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेको छ । बीमा समितिले दिएको जानकारी अनुसार अघिल्लो वर्षको असोज महिनामा बीमाको पहुँच २२.१६ प्रतिशत जनसंख्यामा पुगेको थियो ।

यस अवधिमा जीवन बीमालेख संख्या २० प्रतिशतले बढेको छ । वैदेशिक रोजगार बीमालेख संख्या ३४, कुल जीवन बीमालेख १४ प्रतिशतले बढेको समितिले जनाएको छ । यस्तै, कुल निर्जीवन बीमालेख ०.१९ प्रतिशतले बढेको छ । जीवन बीमाशूल्क संकलन १८ प्रतिशत र निर्जीवन बीमाशूल्क २७ प्रतिशतले बढेको समितिले बताएको छ ।

91 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal