प्रधानन्यायाधीश प्रकरणमा एमाले पर्ख र हेरको रणनीतिमा
२०७८ कार्तिक ८ गते, सोमबार
काठमाडौँ । प्रधानन्यायाधीश प्रकरणमा राजनीतिक दल मौन बसेका छन् । प्रमुख प्रतिपक्षी एमालेले यसबारे पार्टीले धारणा बनाइनसकेको बताएको छ भने सत्तारुढ नेकपा एकीकृत समाजवादीले नोटिसमा लिएको बताएका छ । सत्ता नेतृत्व कांग्रेसले भने यसबारे पार्टीले धारणा नराख्ने बताइसकेको छ ।
एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रधानन्यायाधीश प्रकरणमा पार्टीको धारणा बनिनसकेको भन्दै धारणा बनाएर सार्वजनिक गर्ने बताउनु भयो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषदमै भागवण्डा लिएपछि उहाँमाथि राजीनामा चर्को दबाब छ । जबराले आज सोमबारका लागि सर्वोच्च अदालतको फुलकोर्ट बोलाएका छन् । तर, सर्वोच्चका १४ न्यायाधीशले बहिस्कारको निर्णय लिएका छन् ।
82 Views