सर्वोच्चको फुल कोर्टु आज
२०७८ कार्तिक ८ गते, सोमबार
काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) आज बस्दैछ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सोमबार सर्वोच्च अदालतको फुलकोर्ट बोलाउनुभएको हो । आइतबार नेपाल बार एशोसियशनका पदाधिकारीसँग भएको छलफलपछि प्रधानन्यायाधीश जबराले फुलकोर्ट बोलाउनुभएको हो ।
जबराले बारका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाएपनि असन्तुष्ट १४ न्यायाधीशले भने फुलकोर्ट बहिष्कार गर्ने बताएका छन् । मन्त्रिपरिषद्मा भागवण्डा लिएको, जनीतिक लेनदेन गरेको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको, आरोप जबरामाथि छ ।
160 Views