मंसिर र पुसमा बाघ गणना गरिने
चितवन । राष्ट्रिय निकुञ्जमा आगामी मंसिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ । नेपालमा हरेक चार/पाँच वर्षका अन्तरमा गणना गरिन्छ ।
यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी अगाडि बढाएको छ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा गणना गरिन लागिएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार हिउँदका समयमा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयुक्त मानिन्छ ।
झाडी सुक्दै गए पछि बाघ घाँसे मैदानमा बस्ने हुँदा गणना कठिन हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो “पुस महिनाभित्रमा सम्पन्न गर्ने गरी बाघ गणना गर्ने तयारी गरिएको छ । क्याप्चर रिक्याप्चड विधिबाट बाघ गणना गरिन्छ ।” दुईरदुई ग्रिडअर्थात् चार वर्ग किलोमिटरमा एक जोडी क्यामेरा राख्ने गरिन्छ । कम्तिमा दुई हप्ता क्यामेरा राख्नुपर्ने उहाँको भनाइ छ ।
चितवन र पर्सालाई एउटा कम्प्लेक्स, बाँके र बर्दियालाई दोस्रो कम्प्लेक्स र शुक्ला र नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर गणना गरिँदै छ ।