अमेरिकाबाट काठमाडौं आइपुग्यो एक लाख डोज फाइजर खोप

२०७८ कार्तिक ८ गते, सोमबार

काठमाडौं । अमेरिकाले दिएको कोभिड-१९ विरुद्धको फाइजरको १ लाख ६ सय २० डोज खोप नेपाल आइपुगेको छ ।

नेपाललाई अमेरिकी सरकारले अनुदानस्वरुप उपलब्ध गराएको सो खोप आज बिहान कतार एयरलाइन्सको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएन्टेकले संयुक्त रुपमा बनाएको यो खोप १२ वर्षमाथिको समूहमा प्रभावकारी देखिएको छ ।

यसअघि अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८ सय ५० डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको थियो । फाइजर खोप नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि एष्ट्राजेनिका, भेरोसेल र जोन्सेन एन्ड जोन्सेन खोप प्रयोग भइसकेको छ । सबै खोप प्रभावकारी देखिएका छन् ।

159 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal