बेल्जियमा काम लगाइदिन्छु भन्दै बेचबिखन गर्ने पक्राउ
काठमाडौँ । बेल्जियमा काम लगाइदिन्छु भन्दै बैंकक पुर्याई बेचबिखन गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
एक महिलालाई बेल्जियममा काम लगाईदिन्छु भन्दै बैंकक पुर्याई बेचविखन गरेको अभियोगमा बागलुङ गल्कोट नगरपालिका, ४ का ४४ वर्षीय राजेन्द्र खड्कालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
खड्काले पीडित महिलालाई बेल्जियमको होटलमा काममा लगाई दिने, मासिक १ लाखदेखि डेढ लाख तलब हुने प्रलोभनमा विभिन्न मितिमा ८ लाख ५४ हजार रुपैयाँ लिएको प्रहरीले बताएको छ । “उनले भैरहवाबाट भारतको गोरखपुर, कलकत्ता हुदै थाईल्याण्ड र कम्बोडियासम्म पुर्याई थाईल्याण्डमा खड्काको कोठामा अर्का भारतीय अभियुक्त पर्विन्दर सिंह समेतले यौनशोषण गरी धम्की दिई मलेसिया लगि अलपत्र पारेकोमा आफन्तको सहयोगमा नेपाल फर्कन सफल भएको पाइयो,” प्रहरीले भनेको छ ।’
उनलाई जिल्ला अदालत काठमाडौंबाट चार दिन म्याद अनुमति लिई मानब बेचविखन तथा ओसापसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।