पात झर्दैमा रुख सुक्दैन, हाम्रो पार्टी संघीय संसदमा सबैभन्दा ठूलो छ: अध्यक्ष ओली

२०७८ भाद्र ३ गते, बिहीबार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले संघीय संसदमा सबैभन्दा ठूलो पाटी रहेको बताएका छन् ।

आज भक्तपुर जिल्ला समन्वयन समितिले आफ्ना गतिविधि समेटेर लेखेको पस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष ओलीले केहीले छोडेर एमालेलाई फरक नपर्ने बताएका हुन् ।

उनले भने, “हिजो कोही समातेर घिसारेझैँ, कोही घिसारिएझैँ गएका छन्, “ती मान्छेहरूले पार्टी छोड्नु नयाँ कुरा होइन । सधैँ हरियो देखिने रुखमा पातहरू पाक्दै झर्दै गरिरहेको हुन्छन् । त्यसले रुखलाई कुनै फरक पार्दैन ।”

एमालेले फेरि पनि देश चलाउने र अहिले पनि एमालेसँग सबैभन्दा धेरै जनप्रतिनिधि रहेको दाबी गर्दै उनले भने, “हाम्रो पार्टीको स्थिति अहिले पनिसबैभन्दा बलियो नै छ । एमालेसँग १४ हजार ९८ स्थानीय जनप्रतिनिधि छन् ।, “प्रदेशमा दुईतिहाइ बहुमतमा छौँ । हाम्रो पार्टी संघीय संसदमा सबैभन्दा ठूलो छ ।”

ओलीले नेकपा एमाले कर्कलोको पातमा अडेको पानीजस्तो पार्टी नभएको बताएका छन् । ‘प्रतिक्रियावादी शक्तिले सोचेका थिए एमालेलाई ध्वस्त र कमजोर तथा खत्तम पार्न सकिन्छ भन्ने सोचेका थिए। तर एमाले कर्कलाको पातको पानीजस्तो होइन हावा चल्नेवित्तिकै झरोस्,’ उनले भने ।

151 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal