साझ प्रयास अभियानद्दारा ट्याङ्की तथा भिटिएम बितरण

२०७८ भाद्र ३ गते, बिहीबार


कपिलवस्तु । साझा प्रयास अभियान कपिलवस्तुकाे सहयाेगमा कपिलवस्तु जिल्लाको चन्द्रौटा बजार स्थित संजीवनी सामुदायिक अस्पतालमा हात धुने ठाउँ/ट्याङ्की साझा प्रयास अभियान शिवराज नगर संयोजक महादेव पाेखरेलले संजीवनी सामुदायिक अस्पताल चन्द्रौटाका अध्यक्ष टाेपलाल पाेखरेललाई हस्तान्तरण गर्नुभयो ।

साे कार्यक्रममा संजीवनी सामुदायिक अस्पतालका डाक्टर घनश्याम पान्डे ,डाक्टर महेश गुप्ता ,नेपाली काङ्ग्रेस शिवराज नगर सभापति मधुसुधन पाेखरेल,अस्पताल ब्यवस्थापक वाई पी पौडेल, नेपाल आयुर्वेद औषधी ब्यावसायी संघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष गाेपाल बन्जाडे,चेम्बर अफ कमर्स कपिलवस्तुका बरिस्ठ उपाध्यक्ष जगत पौडेल लगायतको उपस्थितिमा साे ट्याङ्की हस्तान्तरण गरेको हाे ।

त्यसै गरि आधारभूत स्वास्थ्य सेवा अस्पताल मा पिसिआर टेष्ट गर्दा डेलिभरी गर्ने भाँडा (भिटिएम) २०० पिस आधारभूत स्वास्थ्य सेवा अस्पतालमा साझा प्रयास अभियान शिवराज संयाेजक महादेव पाेखरेलले शिवराज नगर प्रमुख नेत्रराज अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियाे ।

कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराई, अस्पताल प्रमुख डा महेश गुप्ता ,अस्पताल ब्यवस्थापन समिति सदस्य गाेपाल बन्जाडे,शिवराज नगरपालिकाका प्रकाश बिश्वकर्मा लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियाे ।

257 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal