अध्यादेशको बिरोधमा आर आर क्याम्पस अगाडि अनेरास्ववियुको पर्द्शन
काठमाडौं । दल विभाजन सम्बन्धि अध्यादेशको विरोधमा बुधबार काठमाडौंमा युवा विद्यार्थीले प्रदर्शन गरेका छन् । युवा विद्यार्थीले अध्यादेश खारेजी तथा प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन् ।
शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीले दमन गरेको भन्दै युवा विद्यार्थीले त्यसको समेत विरोध जनाएका छन् । सरकारले संसदीय दल वा केन्द्रीय कमिटीमा २० प्रतिशत सदस्य पुगेमा दल विभाजन गर्ने गरी ल्याएको अध्यादेश बुधबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको हो ।
अध्यादेश जारी हुने वित्तिकै एमालेको माधव समूह र जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहले निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन बुझाएका छन् । सो अध्यादेशले दलिय व्यवस्थालाई नै कमजोर बनाउने र देशमा अस्थिरता ल्याउने भन्दै सर्वत्र विरोध भएको छ ।