बुटवलमा एमालेको अगुवा कार्यकर्ता भेला: विधान संशोधन मस्यौदाबारे छलफल

२०७८ भाद्र २ गते, बुधबार

रूपन्देही । नेकपा एमालेको आसन्न विधान अधिवेशनमा प्रस्तुत हुने संशोधन मस्यौदामा अगुवास्तरका कार्यकर्ताका बीचमा छलफल सुरु भएको छ ।

नेकपा एमाले बुटवल उपमहानगरपालिका कमिटीको आयोजनामा बुधबार बुटवलमा विधान संशोधन मस्यौदामा छलफल तथा अगुवा कार्यकर्ता भेला भइरहेको छ ।

भेलालाई पार्टीका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेलले सम्बोधन गर्दै छन् ।

189 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal