यस्तो छ सांसद विमला ओलीको भाइरल तस्बिरको वास्तविकता
दाङ । लुम्बिनी प्रदेशकी सांसद विमला ओली र वाइसीएल कार्यकर्ता एकराज बस्नेतको (रोमान्स) तस्बिर सार्वजनिक भएको छ । उक्त तस्बिर बस्नेतकै फेसवुकबाट सार्वजनिक भएको हो । तस्बिरमा सांसद विमलाले बस्नेतको गालामा चुम्बन गरेको देखिन्छ । तस्बिर भने बस्नेतले सेल्फी लिए जस्तो देखिन्छ । तस्बिरमा विमलाको सिउँदोमा सिन्दुरले रंगिएको देखिन्छ । विमला एमाले सांसद स्वर्गीय उत्तरकुमार ओलीकी पत्नी हुनुहुन्छ भने वाइसिएल कार्यकर्ता बस्नेत पनि बिवाहित हुनुहुन्छ ।
उत्तरको दुर्घटनामा निधन भएपछि बिधवा बन्नुभएको विमलालाई उत्तरको निर्वाचन क्षेत्र दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) मा तत्कालीन नेकपाले उम्मेदवार बनाएको थियोे । कांग्रेस नेता केशव आचार्यलाई पराजित गर्दै विमला सांसद बन्नुभएको थियो । लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले माओवादी त कहिले एमाले बनेर चर्चामा हुनुहुन्छ । उहाँ माओवादी बनेपछि लुम्बिनी प्रदेशमा एमाले सत्ताच्यूत बनेको थियो । यसअघि बस्नेतसँग विमलाको अनैतिक सम्बन्ध भएको चर्चा हुँदै आएको थियोे ।
बस्नेतले नै विमलालाई माओवादी बनाएको चर्चा समेत चलेको थियो । पत्रकारहरुले सोध्नुभएको प्रश्नमा बस्नेतले उक्त तस्बिर कसले कसरी आफ्नो फेसवुकमा राख्यो भन्ने बिषयमा अनभिज्ञ भएको प्रतिक्रिया दिनुभएको छ । बस्नेतले यो तस्बिर कसरी मेरो फेसवुकमा पोस्ट भयो ? मलाई थाहाँ छैन् भन्दै यसबारेमा भेटेरै कुरा गर्ने बताउनुभएको थियो । यसबिषयमा सांसद विमलासँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क भएन । विवाहित बस्नेतको फेसवुक स्टोरीमा पोस्ट भएको तस्बिर हाल हटाइएको छ ।