देउवा रहुञ्जेलसम्म बद्नाम भइरहन्छ: पूर्वमन्त्री तामाङ

२०७८ भाद्र २ गते, बुधबार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता, सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्व रहेसम्म कांग्रेस तथा मुलुकको बदनाम भइराख्ने दावी गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘उहाँले २०५८ सालमा आफ्नो भविष्य नदेखेपछि कांग्रेस विभाजन गर्नुभयो । सांसदरुको किनबेच गर्ने काम गर्नुभयो । संसदीय व्यवस्थालाई बद्नाम गर्नुभयो । देउवा सभापति रहुञ्जेलसम्म कांग्रेस बद्नाम हुनेछ । कांग्रेस प्रजातान्त्रिक पार्टी हो भने लोकतन्त्रको विरोधमा लाग्नेलाई के भन्नुहुन्छ रु हिजो केपी ओलीले रक्षा गरेन भने आरोप लगाए होला । तर, यही नेकपा एमालेले संविधानको रक्षा गर्छ ।’

मंगलबार काठमाडौँँमा आयोजित एक साक्षात्कारमा बोल्दै एमालेका कार्यालय प्रमुख समेत रहनुभएका तामाङले सरकारले दल विभाजनसम्बन्धी ल्याएको अध्यादेशको विरोध जनाउनुभयो । उहाँले एमाले विभाजन गर्नको लागि ल्याईएको अध्यादेश भन्दै यसलाई एमालेका आम नेता तथा कार्यकर्ताले अस्वीकार गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको ईतिहासमा खासगरी लोकतन्त्रमा दल बलियो भयो भनेमात्रै लोकतन्त्र बलियो हुन्छ । आज लोकतन्त्रको नै अगुवाई गर्छु भन्ने दलले अध्यादेश ल्यायो । दल विभाजनसम्बन्धी अध्यादेश ल्यायो । यो गलत हो । संसदको हत्या गर्यो भन्नेहरुले आज संसद्को अधिवेशन अन्त्य गरेर एमालेलाई विभाजन गर्ने उद्देश्यका साथ अध्यादेश आएको छ । एमालेले यो निर्णयको पूरा विरोध गर्छ । भत्र्सना गर्छ ।’

अफगानिस्तानमा फसेका नेपालीको विषयमा सरकारलाई कुनै चासो नै नरहेको प्रति आक्रोस जनाउँदै उहाँले कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रणमा समेत सरकार गैरजिम्मेवार भएको आारेप लगाउनुभयो । देउवा नेतृत्वको सरकारको अहिलेका काम भनेको नै एमाले फुटाउने मात्र रहेको भन्दै आक्रोस जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘अफगानिस्तानमा फसेका नेपालीहरुको बारेमा सरकारको ध्यान छैन् । कोरोना संक्रमणको दोस्रो लहरको अन्त्य हुन सकेको छैन । खोप आपूर्ति भएको छैन । संसदमा त्यो विषयमा छलफल गर्नुपर्ने होला । तर, त्यो सम्बन्धी सरकारको कुनै ध्यान छैन् । जम्माजम्मी यो सरकारको काम भनेको एमाले विभाजन गर्ने काममात्रै भयो । हाम्रै साथीहरु पनि हिसाबकिताब गरेर २० प्रतिशत भए त पार्टी फुटाउन संख्या पुग्छ होला भनेर लाग्नुभयो । यो गलत हो ।’

त्यस्तै, माधव नेपालले दल विभाजन गर्ने उद्देश्य राखेको सुनाउँदै एमालेको सच्चा कार्यकर्ता हो भने कोही पनि एमाले विभाजनको पक्षमा नलाग्ने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘देशभरिका कोही पनि कार्यकर्ता पार्टी विभाजनको पक्षमा लाग्ने छैनन् । माधवकुमार नेपाल २० प्रतिशत संख्या बोकेर जानुहुन्छ भने कोशिस पनि नपुग्ला, कार्यकर्ता र मतदातामा जाँदा उहाँहरु जिरोमा परिणत हुनुहुनेछ । कोही पनि टुटफुट र विभाजनको पक्षमा नलागौं ।’

185 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal