नयाँ पार्टी बनाउने नै हो, तयार हुनुहोस: माधव नेपाल

२०७८ भाद्र १ गते, मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमालेको विभाजन अन्तिम चरणमा आइपुगेको बताएका छन् ।

आफूनिकट केन्द्रीय सदस्य र सांसदहरुसँगको छलफलमा नेता नेपालले अन्तिम समयसम्म कुरा नमिले विभाजन नै विकल्प रहेको बताएका हुन् ।

उनले अध्यक्ष केपी शर्मा ओलीको गतिविधि ठीक नभएपनि अन्तिमसम्म कुरा मिल्यो भने पार्टी एकतावद्ध हुने बताए ।

‘मलाई केही हुन्छ भन्ने लागेको छैन । घनश्यामजीहरूले अन्तिम प्रयास गर्छौं भन्नुभएको छ । ठीक छ अन्तिम प्रयास गरौ । कहिलेकाहीँ अन्तिममा कुरा मिल्न पनि सक्छ । कुरा मिलेन भने हामीले नयाँ पार्टी नै बनाउने हो । नयाँ पार्टीका लागि तयार हुनुहोस्’, नेपालले भने ।

256 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal