सांसद पहारीको पहलमा पोखरा स्वास्थ्य चौकीमा कन्सन्टेट मेसिन र स्वास्थ्य सामाग्रि प्रदान

२०७८ भाद्र १ गते, मंगलवार

पोखरा । नेकपा एमालेका नेता तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीको पहलमा कन्सन्टेट हस्तान्तरण गरिएको छ ।

विश्वमा महामारिको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण दर दैनिक रुपमा वृद्धि भइरहेको समयमा सांसद पहारीको पहलमा पोखरा महानगरपालिका वडा नं। २२ को पुम्दी स्थित पोखरा स्वास्थ्य चौकीमा एक थान कन्सन्टेट मेसिन तथा माक्स हस्तान्तरण गरिएको हो । सांसद पहारीले स्वास्थ्य चौकीका प्रमुख तुलसिराम बराललाई एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभयो ।

May be an image of 3 people, including Rajib Pahari and people standing

जया फाउण्डेशन तथा समाजसेवी विनोद कायस्थ र प्रज्जल कायस्थको सहयोगमा उक्त मेसिन हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद पहारीले मानविय सेवा नै धर्म भएको उल्लेख गर्दै हुनेले दिन र नहुने लिने सिद्धान्तलाई आत्मसात् गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य मापदण्ड पालना गरी कोरोनालाई परास्त गर्ने बाटोमा आम नागरिकलाई लाग्न आग्रह गर्दै सांसद पहारीले उच्च मनोवलका साथ कोरोनालाई पराजित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहयोगी हातहरुलाई विशेष धन्यवाद समेत व्यक्त गर्नुभयो ।

May be an image of 4 people and people standing

साथमा वडा नं २२ का अध्यक्ष मित्रलाल बराल, वडा सदस्य मात्रीका बराल, पार्टी नेता झलक बराल, राजेन्द्र बराल, भवानिशकर बास्लोला लगायतको उपस्थिति रहेको थियो।

172 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal