दल विभाजन अध्यादेशको विरोधमा अनेरास्ववियूको प्रदर्शन (फोटो फिचर)

२०७८ भाद्र १ गते, मंगलवार

काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू सडकमा उत्रिएको छ ।

No description available.
No description available.

अध्यक्ष ऐन महरले आन्दोलनका लागि आव्हान गरेलगत्तै अखिलका कार्यकर्ताहरूले आन्दोलन गरेका हुन् । काठमाडौंको प्रदर्शनी मार्ग, पुतलीसडक, बागबजार र बानेश्वर क्षेत्रमा विद्यार्थीले प्रदर्शन गरेका छन् । विचारको बन्धन टुट्दैन, एमाले कहिल्यै फुट्दैन, परमादेशको कम्फर्टेबल सरकार मुर्दावादलगायतका नारा लगाएका छन् ।

No description available.

प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ । अनेरास्ववियूले दल विभाजनसम्बन्धी सरकारको यो कदमले ७० वर्षदेखिको संघर्षबाट निर्मित संविधान र बहुदलीय व्यवस्थाको विरुद्धमा देशलाई द्वन्द्व, अराजकता र अस्थितरतामा धकेल्ने मनशाय राखेको टिप्पणी गरेको छ ।

No description available.
764 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal