लुम्बिनी लर्निङ्गका ब्रिज कोर्षका विद्यार्थीलाई प्रतिष्ठित कलेजमा शत प्रतिशत छात्रवृत्ति

२०७८ भाद्र १ गते, मंगलवार

हरि आचार्य, कपिलवस्तु । उत्कृष्ट नतिजा ल्याई जिल्लामै सर्वोत्कृष्ट शैक्षिक संस्था लुम्बिनी लर्निङ्ग सेन्टर प्रा.लिमा ब्रिज कोर्ष अध्ययनरत विद्यार्थीहरु यस बर्ष पनि शत प्रतिशत छात्रवृत्तिमा विभिन्न कलेजहरुमा अध्ययन गर्न पाएका छन् । सेन्टरमा अध्ययनरत १ सय बढि विद्यार्थीहरुहरुलाई काठमाण्डौ तथा बुटवलका चर्चित कलेजहरुमा शत प्रतिशत सहित विशेष छुटका साथ अध्ययन गर्ने अवसर मिलाउन सफल भएको सेन्टरका प्रबन्ध निर्देशक असिम कंडेलले बताएका छन् ।


काठमाण्डौको प्रोलिफिक क्लेज लगायत बुटवलका अन्नपुर्ण मोडल कलेज, क्यानन कलेज, होराईजन कलेज, एभरेष्ट कलेज, दिप कलेज, अक्सफोर्ड कलेज, तिलोत्तमा कलेज, मणिमुकुन्द क्लेज तथा बाणगंगाको होराईजन कलेज लगायतका विभिन्न शैक्षिक गुणस्तरयुक्त कलेजहरुमा कक्षा ११ मा शतप्रतिशत सहित छात्रवृत्तिमा अध्यापन गराउन सफल भएको काठमाण्डौको पुरानो र प्रतिष्ठित कलेज प्रोलिफिक क्लेजका प्रमुख गोपाल बहादुर महतले लुम्बिनी दर्पणलाई जानकारी दिए ।

त्यस्तै लुम्बिनी लर्निङ्ग सेन्टरमा ब्रिज कोर्ष अध्ययन गरेका विद्यार्थीहरुले शत प्रतिशित छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाएको जिल्लाकै पहिलो क वर्गको गुणस्तरयुक्त विद्यालय होराईजन आवासिय माविका प्रिन्सिपल बासुदेव घिमिरेले बताए ।
यस बर्ष उक्त शैक्षिक संस्थामा ब्रिज कोर्ष अध्ययन गर्ने १ सय विद्यार्थीहरुलाई निःशुल्क रुपमा भ्रमण समेत लगिएको थियो ।
साथै गत बर्ष जस्तै यस बर्ष पनि उक्त शैक्षिक संस्थाले उत्कृष्ट र आर्थिक स्तर कमजोर विद्यार्थीलाई निःशुल्क रुपमा ब्रिज कोर्ष अध्यापन गराएको थियो ।


विभिन्न भाषा, लोक सेवा, शिक्षक सेवा तथा ट्युसन कक्षा सञ्चालनमा उत्कृष्ट सावित कपिलवस्तुको चार नम्बर जितपुरमा रहेको सेन्टरले विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै ब्रिज कोर्ष अध्ययन गर्ने सम्पुर्ण विद्यार्थीहरुलाई चर्चित कलेजहरुमा भ्रमण गराएको सेन्टरका प्रबन्धक असीम कंडेल क्षेत्रीले बताएका छन् ।

विगतका बर्षहरुमा पनि लुम्बिनी लर्निङ्ग सेन्टर प्रा.लि.मा अध्ययन गरि काठमाण्डौ र बुटवलका चर्चित कलेजहरुमा शत प्रतिशत छात्रवृत्तिमा अध्यापन गराउन सफल भएको थियो ।

396 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal