शेयर बजार परिसूचक नेप्से सामान्य बढ्यो

२०७८ भाद्र १ गते, मंगलवार

काठमाडौँ । आज शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । नेप्से आज शून्य दशमलव २३ अङ्कले बढेर तीन हजार एक सय ६० दशमलव ३२ विन्दुमा पुगेको छ ।

आज जलविद्युत्, विकास बैंक र फाइनान्स समूहको शेयरमा हरियाली देखिएको छ । विकास बैंक समूहको शेयर दुई सय ३२ अङ्कले, जलविद्युतको एक सय १७, फाइनान्सको एक सय ४१, उत्पादनको ९० र माइक्रोफाइनान्स समूहको शेयर साढे पाँच अङ्कले बढेको छ । बैंक, व्यापार, होटल, बीमा र अन्य समूहको शेयर भने घटेको छ ।

आज दुई सय २१ कम्पनीका तीन करोड ६ लाख कित्ता शेयर १८ अर्ब २० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको ८६ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

149 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal