गुल्मीमा साउन १० गतेसम्म निषेधाज्ञा थपियो
२०७८ असार ३१ गते, बिहीबार
गोकर्ण पाण्डे , गुल्मी । जिल्ला कोभिड संकट व्यवस्थापन समितिले गुल्मीमा जारी निषेधाज्ञालाई आगामि साउन १० गते राती १२ बजे सम्म लम्बाउने निर्णय भएको छ । समितिको बैठकले जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको भन्दै त्यसलाई निरन्तरता दिने निर्णय गरेको प्रशासनले जनाएको छ।
104 Views