कपिलवस्तुका सबै वडामा भेरोसेल खोप श्रावण ३ देखि

२०७८ असार ३१ गते, बिहीबार

राधा पाण्डे , कपिलवस्तु । कपिलवस्तुमा भेरोसेल खोप साउन ३ गतेदेखि सबै वडाका ९६ स्थानबाट दिने भएको छ । जिल्ला कोभिड ब्याबस्थापन समिती र जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

श्रावण ३ गते आइतबारदेखि ३ दिन अर्थात ५ गतेसम्म ९खोप नसक्दासम्म० सबै वडाका ९९६ ठाउँ० स्वास्थ्य संस्थाबाट यो खोप दिन लागिएको बताइएको छ ।

सरकारले ५४ वर्षदेखि ५९ उमेर समूहका व्यक्ति तथा औंसधि पसल, फलफूल, तरकारी पसल, खाद्यान्न पसल, होटल, रेष्टुरेन्ट संचालक, पेट्रोलियम ढुवानी र सार्वजनिक यातायात चालक, सह चालक, शिक्षक, विदेश जान भिषा प्राप्त व्यक्ति र पहिले प्राथमिकतामा परेका तर छुटेका व्यक्तिहरूलाई पहिलो डोज दिने जनाएको छ ।


जिल्लामा ३४ हजार ३४ डोज खोप आएको र त्यसको लागि सिमित उमेर समूह र पेशा तोकिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पान्डेले बताउनुभयो ।

यस्तै बाणगङगा नगरपालिकाले पनि साउन ३ गतेदेखि ५ गतेसम्म पालिकाभित्र रहेका वडाका सम्पुर्ण स्वास्थ्य केन्द्रबाट खोप दिने स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो । खोप लगाउन जादा अनिवार्य रूपमा परिचयपत्र पनि लिएर जान समेत अनुरोध गरिएको छ ।

92 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal