सोमबारबाट अमेरिकीले कोरोना खोप लगाउन पाउने

२०७७ मंसिर २८ गते, आईतवार

काठमाडौं । कोरोना महामारीबाट अमेरिका विश्वमै सबैभन्दा बढी प्रभावित भएकाले अमेरिकामा सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ ।
अमेरिकाले फाइजर÷बायोएनटेक खोप दिन लागेको हो । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले यसलाई कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी र सुरक्षित भनेको छ । एफडीएले यो खोप प्रयोग गर्न गत शुक्रबार मात्रै अनुमति दिएको थियो । खोप लगाउन सुरु गर्नुभन्दा अगाडि ३० लाख डोज सबै राज्यहरुमा पुर्याइने अधिकारीहरुले बताएको बीबीसीले जनाएको छ ।

124 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal