मिस नेपाल २०२० को ताज नम्रता श्रेष्ठलाई

२०७७ मंसिर २१ गते, आईतवार

काठमाडौं । यसबर्षको मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठ बन्न सफल भएकी छिन् । होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले मिस वर्ल्डको ताज जित्न सफल भएकी हुन् । उनी पेशाले किनरगार्डेन टिचर हुन् । उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की बिजेता अनुष्का श्रेष्ठले ताज पहिराइदिएकी छिथइन् । अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ ? भनेर सोधिएको थियो । नम्रताले नेपाली महिलाहरु सकारात्मक सोचले अघि बढ्ने गरेको र त्यसैका आधारमा संसारलाई जित्नसकिने जवाफ दिएकी थिइन् ।
यसैगरी मिस नेपाल सुप्रानेसनल २०२० को ताज सिमल कनौजियले पाएकी छिन् भने सन्ध्या शर्माले मिस नेपाल इन्टरनेसनल २०२० को ताज पहिरिइन् । त्यस्तै मिस नेपाल अर्थ २०२० को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छिन् ।

238 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal