कम्युनिष्टबाट लोकतन्त्र बचाउनु पर्ने अवस्था आयोः नैनसिंह महर

२०७७ मंसिर २० गते, शनिबार

डडेल्धुरा । नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले कम्युनिष्ट सरकारबाट लोकतन्त्र बचाउनुपर्ने अवस्था आएको बताएका छन् ।
डडेल्धुरा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा महरले ७० वर्षको लामो संर्घषपछि प्राप्त उपलब्धीलाई नेकपाले तीन वर्षमै संकटमा पारेको आरोप समेत लगाए ।
महरले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहारबाट लोकतन्त्रकै अपमान भएको र त्यसैको विरोधमा काँग्रेस देशव्यापी विरोधमा उत्रिएको बताए ।
‘लोकतन्त्रका लागि जीवनभर लडेको एउटा योद्धामाथि यसप्रकारको दुर्व्यवहार हुन्छ भने यो सरकारलाई कसरी लोकतान्त्रिक भन्ने ?’ महरले प्रश्न गर्दै भने, ‘सरकारले कहिले प्राध्यापक थुन्यो, कहिले चिकित्सकलाई अस्पतालबाटै उठायो, कहिले सांसद अपहरण ग¥यो, हुँदाहुँदा एउटा वरिष्ठ राजनीतिककर्मीलाई पक्राउ गरियो । यो के हो ?’
नेकपाभित्रको लेनदेनको राजनीतिले मुलुकलाई बन्धक बनाएको मरहको आरोप थियो ।

114 Views

Copyrights Reserved at samriddi.com

Designed & Developed By Web House Nepal