पहिलो सन्तान जन्माएपछि डिप्रेशनको शिकार भएकी समिरा फेरि आमा बन्दै
२०७६ असार १२ गते, बिहीबार
मुम्बई । दोस्रो सन्तानको आमा बन्ने तयारीमा रहेकी बलिउड नायिका समिरा रेड्डीले पहिलो सन्तान जन्माएपछि आफु डिप्रेशनको शिकार भएको बताएकी छिन् ।
इन्स्टाग्राममा आक्स मी क्वेसन शेसनमा सहभागी समिराले एक फ्यानलाई जवाफ दिँदै पहिलो सन्तान जन्माएपछि आफु जीन्दगीमै सबै भन्दा निरास भएको उल्लेख गरेकी छिन् ।
‘म एकदमै चिन्तित थिएँ मान्छेहरु मेरो वारेमा के सोच्छन् होला भनेर चिन्ता गरेर बस्थें पछि थेरापी र होमियोपेथी औषधीको सहारा लिए ।’ उनले भनिन् ।
नो इन्ट्री, रेस, दे दनादन जस्ता फिल्ममा काम गरेकी समिराले पछिल्लो पटक हिन्दी फिल्म ‘तेज’ मा अभिनय गरेकी थिइन् । सन २०१४ मा व्यवसायी अक्षय वर्देसंग विवाह गरेकी समिराले सन २०१५ मा एक छोरा जन्माएकी थिइन् ।
115 Views